सर्लाही । गत असोज २२ गते मारिएका सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ सिसौट बस्ने महेन्द्र रामको दुई महिना २० दिनपछि अन्त्येष्टि गरिएको छ ।
मृतक महेन्द्र रामको शव ७९ दिन सम्म अस्पतालमै राख्दा शब गलिसकेको थियो । मृतक रामलाई नेपाली कांग्रेसले पार्टीको झण्डा ओढाई श्रद्धान्जली अर्पण गरीे अन्त्येष्टि गरिएको प्रदेश सभा सदस्य विरेन्द्र सिंहले जानकारी दिए ।
उनलाई श्रद्धान्जली दिन नेपाली कांग्रेसका जिल्ला सभापति तथा विघटित प्रतिनिधि सभा सदस्य नागेन्द्र कुमार राय, उपसभापति सुरेन्द्र सिंह, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, प्रदेश सांसद विरेन्द्र सिंह, क्षेत्रिय सभापति तथा धनकौल गाउँपालिका प्रमुख रामआश्रय साह लगायतको सहभागिता थियो ।
काँग्रेसले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, हत्यामा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै आएको थियो । मृतक रामलाई आफ्नै घर अगाडी बसिरहेको बेला संघातिक आक्रमण गरिएको थियो । हत्यामा संलग्नहरुलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै काँग्रेसले मलंगवामा गत असोज २८ गते बृहत्त बिरोध प्रदर्शन गरेका थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ पुस २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या
बारामा आमा–छोराको हत्या, तीन जना गम्भीर घाइते
ओखलढुङ्गामा दम्पतीको हत्या, भेटियो शव