काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् ।
महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले २०६७ असोजमा कीर्ते मुद्दामा १ वर्ष कैद तोकेको थियो । उनलाई आजै जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ पुस २०७७, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ