भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा।२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ पुस २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ