भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा।२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ पुस २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ