काठमाडौँ । जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार भाडामा लिइएका ५ सय ६३ वटा प्रहरी कार्यालयको वार्षिक भाडादर १० करोड २९ लाख रुपैयाँ तिनुपर्छ । हरेक वर्ष करोडौं भाडा तिर्न सके पनि स्थायी भवन बनाउनतिर चासो नराख्दा प्रहरी संगठन झन् कमजोर हुँदै गएको छ ।
एकातर्फ आफ्नै कार्यालय नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता र अर्कातर्फ महँगो भाडा तिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले कुनै कदम चालेको देखिँदैन । प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले प्रहरी कार्यालयहरूको भाडा महँगो भएकाले आफ्नै भवन भए राज्यको खर्च बच्ने बताए ।
उनले भने, ‘भाडाका भवनबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता प्रहरीलाई छ, अझ कति प्रहरी कार्यालय त साँघुरा छन्, त्यस्तो ठाउँबाट सेवा प्रवाह गर्न प्रहरीलाई कठिनाइ भइरहेको छ ।’ उनका अनुसार देशभर प्रहरीका सबैजसो कार्यालयको संख्या १ हजारको हाराहारीमा छ । तीमध्ये आधाभन्दा बढी कार्यालय भाडाका भवनबाट सञ्चालन हुने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदेश १ का ६४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका ८१, गण्डकीका ८३, लुम्बिनीका ९४, कर्णालीका ९८, सुदूरपश्चिमका ६५ वटा कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । त्यस्तै महानगरीय प्रहरी र केन्द्रीय प्रहरी मातहतका ३२ वटा कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन् ।
सरकारले सरकारी जग्गा भए पनि प्रहरी भवन बनाउन चासो नदेखाउँदा उपत्यकाबाहिरका प्रहरी कार्यालयहरूले जोखिम मोलेर सुरक्षा दिइरहेका छन् । कतिपय प्रहरी कार्यालय अझै पनि टेन्टबाट सञ्चालन भइरहेका छन् । काठमाडौं उपत्यकाभित्र मुख्य प्रहरी कार्यालयका केही शाखा पनि पालमुनि सञ्चालनमा छन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १२ पुस २०७७, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० जना प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी
फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी
२२ प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्यो यस्तो सूचना
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना