ओलीको बैठकमा बादलको अचम्मैको भाषण

क्रान्तिकारी भन्ने बादल दक्षिणपन्थी ओलीसँग मिल्न पुगे, उनले गरेको भाषणले उनैलाई गिज्याईरहेको संगत गरेकाहरुको भनाई देखिन्छ

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, ०८ : २३
ओलीको बैठकमा बादलको अचम्मैको भाषण

 काठमाडौं । आफुलाई कडा क्रान्तिकारी देखाउन चाहने गृहमन्त्री रामबहादुर थापा (बादल) आफ्ैले लामो सहकार्य गरेका नेकपा अध्यक्ष प्रचण्डसँग दोश्रो पटक डिभोर्स गरेर ओली क्याम्पमा लागे । पार्टी टुक्रिएको दुई दिन सम्म पनि कतै नखुलेर तटस्थताको नीति लिएका गृहमन्त्री बादल उनैलाई साथ दिदै आएका सहयोगी समेत छोडेर सिपाही बिनाको सेनापतिका रुपमा ओली समुह छिरे ।

बालुवाटारमा ओली समुहको केन्द्रीय समिति बैठकमा ओलीसँगै दायाँ कुम मिलाएर बसेका बादलले शुरुमै बोल्न पाए । केन्द्रीय समिति बैठक भनेर बोलाइए पनि बैठक अवधीभर बोल्ने पात्र नै उनै बादल र प्रधानमन्त्री ओली थिए । महासचिव पौडेल बैठक सञ्चालन गर्थे । बादलले बालुवाटारमा क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनका निक्कै धेरै कुरा उठाए । ’प्रधानमन्त्री ओलीको संसद विघटनको कदम प्रतिगमन नै हो, म तपाईहरुलाई निरासा बनाउँदिन, विचार मिल्नेसँग नै मेरो अन्तिम सहकार्य हुन्छ,’ गृहमन्त्री थापाले उनलाई दाहाल क्याम्पमा खुल्न प्रेसर थपेका उनी पक्षका केन्द्रीय नेताहरुसँग उनले आइतबार र सोमबार भनेका थिए । 

ओलीको प्रतिनिधीसभा विघटन दुई दिन अगाडीसम्म प्रतिगमन भनेका तिनै बादलले ओलीका सामु उभिएर भने अग्रगमन भने । ‘प्रतिनिधीसभा विघटन अग्रगमन र क्रान्तिकारी कदम हो । एकाथरी मानिसहरु यसलाई पश्चगमन भनिरहेका छन्, यो क्रान्तिकारी कदम नै हो । अब हामी मध्यावधी निर्वाचनबाटै दुई तिहाई बहुमत ल्याउँछौं,’ बादलले भने । 

तर तिनै बादल आफुलाई तत्कालिन एकीकृत माओवादी विभाजन पछि मोहन वैद्य (किरण) नेतृत्वको नेकपा–माओवादीमा जाँदा देखि सहयोग गदै उनकै नेतृत्वमा पूनः प्रचण्ड नेतृत्वको पार्टीसँग एकतामा आउदा र एमाले माओवादी केन्द्रको एकतापछि नेकपा बन्दासम्म साथ दिएका सबै सहकर्मी नेता कार्यकर्ता छोडेर एक्लै ओलीतिर खुले । ओलीको प्रतिनिधीसभा विघटन दुई दिन अगाडीसम्म प्रतिगमन भनेका तिनै बादलले ओलीका सामु उभिएर भने अग्रगमन भने । ‘प्रतिनिधीसभा विघटन अग्रगमन र क्रान्तिकारी कदम हो । एकाथरी मानिसहरु यसलाई पश्चगमन भनिरहेका छन्, यो क्रान्तिकारी कदम नै हो । अब हामी मध्यावधी निर्वाचनबाटै दुई तिहाई बहुमत ल्याउँछौं,’ बादलले भने । 

तर उनको त्यो भाषणमा अन्तरआत्मा बोलेको देखिन्नथ्यो । उनले गरेको भाषण ओलीतिरै पो लक्षित थियो की जस्तो देखिन्थ्यो । उनले ओलीको सरकारलाई मञ्चबाटै कामचलाउ सरकार भनिदिए । सरकार कामचलाउ बन्न पुगेको छ, उनले भाषणमा भनिदिए । पछि पत्रकारहरुले कामचलाउ सरकार गृहमन्त्रीले नै बताईसकेका छन, यसले महत्वपूर्ण निर्णयहरु गर्न पाउँछ र ? सञ्चारकर्मीहरुले ओली पक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सोधे । तर उनले सरकार राष्ट्रपतिले पनि कामचलाउ नभनेको र कार्यकारी नै भएको बताए । गृहमन्त्रीले काम चलाउ भनि ओली पक्षको केन्द्रीय समितिमा मन्तब्य दिदाको विषयमा भने उनले त्यक्ति बोल्नै चाहेनन् । 

बादलले प्रतिनधीसभा विघटनलाई क्रान्तिकारी र अग्रगमनकारी कदम भनिरहदा ओली पक्षकै कतिपय सांसदहरु भने ओलीले यो सम्म अहिले गर्नुहुन्न्थ्यो तर बाध्यता आईलाग्यो भनेर ढाकछोप गरिरहेका देखिन्थ्थे । बादलजी को भाषण कतै आफ्नै समुहका प्रधानमन्त्री तिर पो ब्याङग्य थियो की ? उनीसँगको साथ छोडेर प्रचण्ड नेपाल समुहमा लागेका एक नेताले सफलखबरसँग भने, –उहाँले संसद विघटन अग्रगमन भन्नुभएछ, हामीसँग प्रतिगमन भन्दै हुनुहुन्थ्यो ।

सरकारलाई कामचलाउ भन्न्भएछ, ओली कमरेड यो स्वीकार्न चाहनुहुन्न । ब्यवस्थाप्रति कुनै माया नगरी संविधान, ब्यवस्था सवै मास्ने खेलमा प्रधानमन्त्री देखिनुहुन्छ, तर बादलजीले प्रचण्ड नेपाल पक्षलाई ब्यवस्था मास्न लागेको भन्नुभएछ । खुफिया एजेन्सीका प्रमुखलाई मध्यरातसम्म बालुवाटारमा बोलाएर प्रधानमन्त्री जीले भेटनुहुन्छ, तर उहाँले हामीतिर प्रश्न उठाउदै खुफिया एजेन्सीका प्रमुखसँग भेटिरहेको आरोप लगाउनु भएछ, सरसर्ती बादलजीको भाषण सुन्दा उहाँले आफ्नै क्याम्पका नेता ओलीजी प्रति नै ब्याङग्य गर्नुभएको छ ।’  बोली र ब्यवहारमा बादलको तालमेल नदेखिएको उनीसँग सहकार्य गरेका तर अहिले ओलीतिर लाग्न नसकेका कतिपय नेताहरुको भनाई छ । ‘उहाँमा चरम अवसरवाद देखियो, विचलन पनि उस्तै देखियो । उहाँ अव रायमाझी पथ तिर पो लाग्न थाल्नुभयो,’ ति नेताले सफलखबरसँग भने । 

नेकपाभित्र दक्षिणपन्थी, सुधारवादी र क्रान्तिकारी तीन धार रहेको बादलले आफु निकटका सँग सुनाउने गर्थे । दक्षिणपन्थी धारको प्रतिनिधित्व ओलीले, सुधारवादी धारको प्रचण्ड नेपालले र क्रान्तिकारी धारको आफुले नेतृत्व गरिरहेको जिकिर उनको थियो । तर उनै क्रान्तिकारी धारको नेतृत्व गरेका बादल उनैले भन्ने गरेको दक्षिणपन्थी धारसँग मिल्न पुगे । ‘यो उनको विचलन हो,’ उनीसागै लामो सहकार्य गरेका एक नेताले भने,–‘अब उहाँमा राजनीतिको थकान देखियो । जे जसरी हुन्छ पदमै बसौं, मोजमस्ती गरौं भन्ने चरम अवसरवाद देखियो ।

उहाँ राजनीतिबाट थाके जस्तो देखियो । अहिले ओलीको सत्ता रहदासम्म र राष्ट्रिय सभा सदस्य रहदासम्म मात्र उहाँको राजनीति देखिने भयो । त्यसपछि राजनीतिबाट विश्राम लिन खोजेको जस्तो उहाँको देखिन पुग्यो ।’ तर कतिपयले भने बादल ओलीको सकुनी जालमा मात्र त्यत्ता लागेको पनि टिप्पणी गर्न थालेका छन् । बादलका कमजोरी समातेर ओलीले उनलाई आफुतिर आउनुपर्ने बाध्यात्मक अवस्था निम्ताएको र उनी त्यत्तै गएको अनुमान लगाउनेहरु पनि छन् । तर त्यो प्राविधिक पाटो के हो ? क्रमशः खुल्दै जाँला ।