काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।
यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा