काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलन कि निर्वाचन भन्ने विषयमा नेपाली कांग्रेसमा मतभेद देखिएको छ । पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक यतिबेला जारी छ । कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच दुई वटा धार देखिएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ । नेपाली कांग्रेसमा देउवा पक्ष चुनावमा जानलाई कन्द्रित हुनुपर्ने बताइरहेका छन् भने । कांग्रेसले जारी बैठकबाटै आन्दोलनमा जाने कि निर्वाचनको तयारीमा जाने भन्ने टुङ्ग्याउने छ।
बैठकमा नेताहरू आन्दोलनमा जानु पर्ने र जान नहुने पक्षमा विभाजित देखिएका छन्। सभापति शेरबहादुर पक्षधर नेताहरू आन्दोलन नगरी चुनावमा जानुपर्ने पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने आन्दोलन गर्नुपर्न पक्षमा उभिएका छन्।
मंगलबार बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि निर्वाचनमा जाने कुरालाई सकारात्मक लिनुपर्ने आशय व्यक्त गरेका थिए।
तर, वरिष्ठ नेता पौडेलले भने सरकारको कदमविरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए। बैठकको पहिलो दिन हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेलबाहेक नेताहरू महेश आचार्य र एनपी साउँदले धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ पुस २०७७, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै