काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलन कि निर्वाचन भन्ने विषयमा नेपाली कांग्रेसमा मतभेद देखिएको छ । पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक यतिबेला जारी छ । कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच दुई वटा धार देखिएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ । नेपाली कांग्रेसमा देउवा पक्ष चुनावमा जानलाई कन्द्रित हुनुपर्ने बताइरहेका छन् भने । कांग्रेसले जारी बैठकबाटै आन्दोलनमा जाने कि निर्वाचनको तयारीमा जाने भन्ने टुङ्ग्याउने छ।
बैठकमा नेताहरू आन्दोलनमा जानु पर्ने र जान नहुने पक्षमा विभाजित देखिएका छन्। सभापति शेरबहादुर पक्षधर नेताहरू आन्दोलन नगरी चुनावमा जानुपर्ने पक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू भने आन्दोलन गर्नुपर्न पक्षमा उभिएका छन्।
मंगलबार बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि निर्वाचनमा जाने कुरालाई सकारात्मक लिनुपर्ने आशय व्यक्त गरेका थिए।
तर, वरिष्ठ नेता पौडेलले भने सरकारको कदमविरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए। बैठकको पहिलो दिन हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेलबाहेक नेताहरू महेश आचार्य र एनपी साउँदले धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ पुस २०७७, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै