काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र पहिल नै निर्वाचन आयोगमा पहिले नै दर्ता गराईएको खुलेको छ ।
श्रोतका अनुसार प्रचण्डलाई अनुशासनको कारवाही गरेको पत्र आयोगमा माधव प्रचण्ड समुहले दर्ता गर्नु अघि नै ओली पक्षको तर्फबाट आयोगमा दर्ता भएको हो ।
स्थायी कमिटिको निर्णय अनुसार संसद ओलीलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र प्रचण्ड–नेपाल समूहबाट नेता लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगमा लगेको थिए ।
तर त्यो भन्दा पहिले नै प्रचण्डलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र निर्वाचन आयोगमा ओली पक्षबाट पु¥याइएको दाबी श्रोतको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । मंगलबार दुवै पक्षले भिन्दाभिन्दै स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षले एकअर्कालाई कारवाहीको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन