काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र पहिल नै निर्वाचन आयोगमा पहिले नै दर्ता गराईएको खुलेको छ ।
श्रोतका अनुसार प्रचण्डलाई अनुशासनको कारवाही गरेको पत्र आयोगमा माधव प्रचण्ड समुहले दर्ता गर्नु अघि नै ओली पक्षको तर्फबाट आयोगमा दर्ता भएको हो ।
स्थायी कमिटिको निर्णय अनुसार संसद ओलीलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र प्रचण्ड–नेपाल समूहबाट नेता लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगमा लगेको थिए ।
तर त्यो भन्दा पहिले नै प्रचण्डलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र निर्वाचन आयोगमा ओली पक्षबाट पु¥याइएको दाबी श्रोतको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । मंगलबार दुवै पक्षले भिन्दाभिन्दै स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षले एकअर्कालाई कारवाहीको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली