काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो ।
यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् । गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका बेला ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली