उखु किसानको आन्दोलन

उद्योगीलाई कारवाही नगर्न निर्देशन दिदैं आएको प्रधानमन्त्री ओलीको त्यो फोन....

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १० : ०६
उद्योगीलाई कारवाही नगर्न निर्देशन दिदैं आएको प्रधानमन्त्री ओलीको त्यो फोन....

काठमाडौं । तराईका उखु किसान पुसको चिसोमा राजधानीमा आन्दोलन गर्न आएका छन् ।  उनीहरुको माग छ, हामीले दिएको उखुको मूल्य अनुसारको पैसा देऊ । हामीले बेचेको उखुको मूल्य नदिने उद्योगीलाई कारवाही गर । तर, खड्ग ओलीको सरकार किसानको माग सम्बोधन गर्नु त परै जाओस् कुनै सुनुवाई गर्न समेत तयार देखिँदैन । 

उद्योगी तथा व्यवसायीका नाममा रहेका बिचौलियालाई संरक्षण गर्न स्वयम् ओलीका मान्छेहरु नै लागेको बताइन्छ । विशेषगरी ओलीको प्रमुख सल्लाहकार विष्णु रिमालले नै किसानको पैसा नतिर्ने, उद्योगीलाई संरक्षण दिएर राखेको श्रोतको भनाई छ । रिमालको संरक्षण पाएका कारण किसानलाई मार्ने उद्योगी भने सरकारका अन्य मन्त्रालयलाई किन टेर्ने भन्दै बसेका छन् ।

पछिल्लो पटक गृह, कृषि, उद्योग वाणिज्य तथा सामान्य प्रशासन मन्त्रीले संयुक्त बैठक गरे । किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने वारेन्ट जारी गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो । उक्त बैठकको निर्णय भएको एकाध मिनेटमा नै खड्ग ओलीले त्यस्तो निर्णय गरेको भए उद्योगी नभइ निर्णय गर्ने मन्त्रीहरु नै कारबाहीमा पर्ने भन्दै धम्की दिए । उनले कुनै पनि उद्योगीलाई पक्राउ नगरिने र कोही कसैलाई पनि कारवाहीको दायरामा नल्याइने बताए ।

ओलीको त्यस्तो बहुलट्ठीपूर्ण निर्णय पछि उद्योगीहरु भने अरु मन्त्री र मन्त्रालयका कर्मचारीलाई फोन गर्दै देख्नु भो नि हाम्रो पावर भन्दै बसेका छन् । विशेषगरी पछिल्लो पटक खड्ग ओलीको गिरोहमा पुगेका उद्योग मन्त्री लेखराज भट्ट समेत उद्योगीसँग पैसा लिएर किसानको आन्दोलन फासफुस पार्न सकिन्छ भन्ने मनसायका साथ लागिपरेका छन् । उनी पैसा भए पुग्छ, अरु केही चाहिँदैन भन्ने शैलीमा देखिएका छन् । किसान माइतीघरमा हरेक दिनजसो आन्दोलन गरिरहँदा त्यसको पीडाबोध उनलाई भएको छैन ।

किनकी, माओवादी आन्दोलनबाट आएपनि लेखराजहरु सामान्त प्रवृत्ति भएका नेता हुन् । उनलाई लिनु दिनु छ त केवल पैसा । उनले मन्त्री भएपछि मात्रै उठाएको पैसा र गरेको निर्णय हेर्ने हो भने पनि त्यसले स्पष्ट देखाउँछ नै । उखु किसान मरेपनि बाँचे पनि आफूलाई पैसा आउनुपर्छ भन्ने सोचका साथ लेखराजले व्यवहार देखाएको बताइन्छ । त्यसकारण किसानको हितका लागि तत्काल नेकपाका अन्य नेताले पल लिनुपर्ने देखिएको छ । यसबारेमा थप कुरा गर्न रिमाल र भट्टलाई सम्पर्क गर्दा सम्पर्कमै आउन चाहेनन् ।