गोरखा । गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्लाको गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना भएको हो ।
काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीको भनाई छ ।
दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते