गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाईते, ५ को अवस्था गम्भीर

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, ०९ : ४६
गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाईते, ५ को अवस्था गम्भीर

प्रतिकात्मक तस्विर

गोरखा । गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  जिल्लाको गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना भएको हो । 

काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीको भनाई छ । 

दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस