चितवन । मुग्लिन-नारायणगढ सडक अन्तर्गत चितवनमा आज (शुक्रबार) बस पल्टिँदा ३८ जना घाइते भएका छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस बिहान ३ बजेतिर सडकमै पल्टिएको हो।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित घुमाउने भन्ने स्थानमा भएको दुर्घटनामा ३८ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकाहरूलाई चितवन प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पताल पठाएको छ।
प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ।
बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको चितवन प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते