चितवन । निर्माणाधीन क्रिकेट रंगशालामा पहिलो पटक राष्ट्रिय खेल हुनु गौरवको विषय भएको बताइन् । भरतपुर महानगरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्टिय क्रिकेट रंगशालामा भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको विजयी खेलाडीलाई पुरस्तकार तथा ट्रफी वितरण गर्दै महानगर प्रमुख दाहालले छोटो समयमै निर्माणाधीन रहेको मैदानमा पहिलो राष्ट्रिय खेल सम्पन्न हुँदा आफू उत्साहित भएको बताइन् ।
निर्माण कार्यमा अहोरात्र खटिएका धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाइ धन्यवाद समेत व्यक्त गरिन् । प्रमुख दाहालले जनस्तरबाट निर्माण सम्पन्न गर्ने लक्ष राखेर सूरू गरेको रंगशालामा स्थानीय सरकार, संघ र प्रदेश सरकारसमेतको सहयोग लियर तोकियकै समयमा आधुनिक रंगशाला निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गरिन् । ३ दिन सम्म चलेको गौतमबुद्द कप २० : २० कप प्रतियोगितामा ३ समूहको सहभागिता रहेको थियो । नारायणी ,रापती र बागमती गरी ३ वटा टिम सहभागी थिए ।
प्रतियोयोगितामा राप्ती प्रथम
गौतमबुद्ध कपको उपाधि राप्ती टिमले जितेको छ । फाइनलमा नारायणीलाई ९ रनले हराएर राप्तीले उपाधि जितेको हो । राप्तीले लगातार तेस्रो जीत हासिल गर्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा राप्तीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि