काठमाडौं । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदर्शनमा शान्तपुर्ण सहभागीताको लागि अपिल गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
सभापति देउवाद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेकाले देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि सदस्य, समर्थक र शुभचिन्तकहरुलाई अपिल गरिएको छ ।
“भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ, यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु” विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसले जिम्मेवार भुमिका निभाउदै आइरहेपनी वर्तमान सरकारले त्यसलाई कमजोरिका रुपमा लिएको र सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेकोप्रति वितृष्णा लागेकोले प्रदर्शनको तयारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन