काठमाडौं । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदर्शनमा शान्तपुर्ण सहभागीताको लागि अपिल गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
सभापति देउवाद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेकाले देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि सदस्य, समर्थक र शुभचिन्तकहरुलाई अपिल गरिएको छ ।
“भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ, यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु” विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसले जिम्मेवार भुमिका निभाउदै आइरहेपनी वर्तमान सरकारले त्यसलाई कमजोरिका रुपमा लिएको र सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेकोप्रति वितृष्णा लागेकोले प्रदर्शनको तयारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन