काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पाको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने बताईएको छ । यो भन्दा अघि मङ्सिर २१ गतेको बैठकमा भने ओली उपस्थिति भएका थिएनन्।
उनले पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो।
दस्तावेज अध्ययनका अतिरिक्त यसबीचमा सहमति खोज्ने प्रयास पनि भए। ओली–प्रचण्डबीच एक्लाएक्लै छलफल पनि भयो। तर, दुवै पक्ष आ–आफ्नो अडानमा पूर्ववत अवस्थामा रहेको नेकपाका नेताहरू बताउँछन्। नेताहरु आ–आफ्नै अडानमा रहेकोले समस्याको समाधान स्थायी समितिबाट ननिस्एिक केन्द्रिय बैठकबाट हल खोज्ने एक केन्द्रिय सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै