नवलपरासी । कौडा खेलिरहेको अवस्थामा तीन लाख ८५ हजार नगद सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघा पार्कमा कौडा खेलिरहेका पाँच जनालाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका १ का ३९ वर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय किरण श्रेष्ठ, भरतपुर महानगरपालिका २ निवासी ३० वर्षीय सन्दिप गुरुङ, भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय दुर्गामान गुरुङ, लम्जुङको सुन्दरबजार नगरपालिका ४ निवासी ३९ वर्षीय दिनेश जोशी रहेका छन् ।
कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ र भारतीय रुपैयाँ एक सय ८० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०७७, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ