काठमाडौँ । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी थिइन् ।
जिल्ला अदालतले नौ वर्ष छ महिला २१ दिन कैद सजाय तोकेको समयदेखि नै फरार रहँदै वैदेशिक रोजगारमा गएको र उक्त स्थानबाट आएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार महिलालाई जिल्ला अदालत लगेर आज नै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ मंसिर २०७७, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ