काठमाडौँ । संघीय संसदले कोभिड–१९ संक्रमणकाबीच संसद चलाउने बारे विज्ञहरुसँग छलफल गरेको छ । बुधबार संसद सचिवालयले काठमाडौंमा विज्ञहरुसँग छलफल गरेर संसद चलाउने उपायको खोजी गरेको हो ।
सचिवालयले सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्व सांसद जनकराज जोशीसँग छलफल गरेको हो । छलफलमा सरुवा रोग विशेषज्ञ डा पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पुरा गरेर संसदको बैठक चलाउन सकिने बताए । भौतिक दुरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्न पनि आग्रह गरे ।
छलफलमा जनप्रशासन विज्ञ एवं पूर्व सांसद जोशीले सदनको बैठक थोरै सांसदको उपस्थितिमा चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताए । सदनको बैठकमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने व्यवस्थालाई कडाईका साथ पालना गर्न सके बैठक चलाउँदा कुनै समस्या नहुने बताए ।
दुरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइव्रिड तरिकाले संसद चलाउन सकिने सुझाव पनि जोशीले दिए । अहिलेको नियमावलिमा हाइव्रिड संसद बारे केही व्यवस्था नभएकोले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकाश दिन सक्ने पनि बताए । छलफलमा विज्ञहरुले संसद चलाउने विषयमा राजनैनिक दलहरुबीच मतैक्यता हुन आवश्यक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०७७, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न