काठमाडौँ । संघीय संसदले कोभिड–१९ संक्रमणकाबीच संसद चलाउने बारे विज्ञहरुसँग छलफल गरेको छ । बुधबार संसद सचिवालयले काठमाडौंमा विज्ञहरुसँग छलफल गरेर संसद चलाउने उपायको खोजी गरेको हो ।
सचिवालयले सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्व सांसद जनकराज जोशीसँग छलफल गरेको हो । छलफलमा सरुवा रोग विशेषज्ञ डा पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पुरा गरेर संसदको बैठक चलाउन सकिने बताए । भौतिक दुरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्न पनि आग्रह गरे ।
छलफलमा जनप्रशासन विज्ञ एवं पूर्व सांसद जोशीले सदनको बैठक थोरै सांसदको उपस्थितिमा चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताए । सदनको बैठकमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने व्यवस्थालाई कडाईका साथ पालना गर्न सके बैठक चलाउँदा कुनै समस्या नहुने बताए ।
दुरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइव्रिड तरिकाले संसद चलाउन सकिने सुझाव पनि जोशीले दिए । अहिलेको नियमावलिमा हाइव्रिड संसद बारे केही व्यवस्था नभएकोले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकाश दिन सक्ने पनि बताए । छलफलमा विज्ञहरुले संसद चलाउने विषयमा राजनैनिक दलहरुबीच मतैक्यता हुन आवश्यक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०७७, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची