काठमाडौं । मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।
एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, न नै ढोका ढक्ढकाउँदा उनले कुनै प्रतिक्रिया दिइन् । त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा भेटियो । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०७७, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकैदिन चार युवतीले गरे आत्महत्या
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या
भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या
केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या