बर्दिया । नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।
तीव्रगतिमा चलाएको बस अनियन्त्रित भई पल्टेको हो । बस चालक फरार रहेको प्रहरीले जनायो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० मंसिर २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते