काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
पिता हर्कजङ्गबहादुर स्वाँर र माता कौशिल्यादेवी स्वाँरको सन्ततीको रुपमा विसं १९८४ मङ्सिर ९ गते जन्मनु भएका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिनुभएको थियो । स्व स्वाँरका चार छोरी र दुई छोरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ मंसिर २०७७, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !