तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।
तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उदघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानुन सवै आफै हुँ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसंग सिडिओ हुने योग्यता नपुगेको भन्दै भाषणमा अगाडि भने– ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उदघाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उदघाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसंग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’
उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए ।
उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पंचायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुदैनथ्यो भने सांसद श्रेष्ठबाट छानविन सुरु हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता