तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।
तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उदघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानुन सवै आफै हुँ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसंग सिडिओ हुने योग्यता नपुगेको भन्दै भाषणमा अगाडि भने– ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उदघाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उदघाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसंग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’
उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए ।
उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पंचायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुदैनथ्यो भने सांसद श्रेष्ठबाट छानविन सुरु हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी