काठमाडौँ । केहीबेरअघि अचानक प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । उनी किन शितल निवास पुगे भन्ने विषय अन्यौल छ । यतिबेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच कुराकानी भइरहेको स्रोतको भनाइ छ ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि हिजोको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् ।
ओली बैठकमा सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई तीन दिनको अल्टिमेटम दिएका थिए । यद्यपी मंसिर २० गते दिनको १ बजे सचिवालय बैठक बोलाइएको छ । मंसिर २० गते बस्ने भनिएको स्थायी समितिको बैठक २१ गतेलाई सारिएको छ ।
यसबीच प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने मन्त्रिपरिषद् बैठक नियमित हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल