काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ नगरे कांग्रेसले देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो चेतावनी दिएका हुन् । तनहुँ प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई नियन्त्रणमा लिएको थियो।
निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ। सभापति देउवाले बुधबार अपरान्ह विज्ञप्ति निकालेर सरकारको प्रवृत्तिविरूद्ध देशव्यापी प्रतिरोध गरिने बताएका छन्।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट