काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई निकास दिनको लागि फागुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनको विकल्प नभएको बताएका छन्।
ललितपुर महानगरको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पुस्ताले पनि सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास नै रहेको बताए।
उनले भने, ‘यही व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भनेर जनतामा भावना जागृत गराउनुपर्छ। नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्वले आफैँलाई रूपान्तरण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहना पुरा गर्न र देशलाई निकास दिने फागुन २१ गते निर्वाचनको विकल्प छैन।’
पूर्वाधार निर्माण मात्रै नभई नागरिकको जीवनस्तरमा सुधार ल्याउने काम गर्न सक्नुपर्ने बताए। जनताको गुनासो, असन्तुष्टि र माग सुन्न जनताको घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण पनि महत्त्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !