राष्ट्रपतिले दिन बिराएर किन भेट्न थालिन् मन्त्रीहरु ?

उपप्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गरेको भोलिपल्टै हिजो दिउँसो राष्ट्रपतिले फेरी अर्का मन्त्री कृषिमन्त्री घनश्याम भुषाललाई बोलाएर झण्डै दुई घण्टा भेटवार्ता गरेकी छिन्

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, ०९ : २९
राष्ट्रपतिले दिन बिराएर किन भेट्न थालिन् मन्त्रीहरु ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिनदिनै मन्त्रीहरुलाई बोलाएर शितल निवासमा भेट गर्न थालेकी छिन् । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक राजनीति संकटपूर्ण अवस्थामा गुज्रिरहेका बेला राष्ट्रपति भण्डारीले दिनहुँ मन्त्रीहरुलाई शितल निवास बोलाएर भेटवार्ता गर्न थालेकी हुन् । 

हिजो मंगलबार उनले कृषि मन्त्री घनश्याम भुषाललाई बोलाएर झण्डै दुई घण्टा शितल निवासमा छलफल गरेको शितल निवास स्रोतले बताएको छ । सोमबार मात्रै उनले उपप्रधानमन्त्री इश्वर पोखरेललाई पनि शितल निवासमा बोलाएर झण्डै तीन घण्टा सम्वाद गरेकी थिइन् । भेटघाट र छलफलका विषय न राष्ट्रपति र राष्ट्रपति कार्यालयले सार्वजनिक गर्ने गरेको छ, न भेट्न पुग्ने नेताहरुले नै सार्वजनिक गरेका छन् ।

सामान्य विषयमा मात्र भेटघाट भएको नेताहरुले बताएपनि थप विषयमा केही पनि खुलाएका छैनन् । मंगलबार र सोमबारका भेटघाटका विषय पनि खुलेका छैनन् । तर राष्ट्रपतिले यसरी आफ्नो निवासमा दिनहुँ मन्त्रीहरुलाई बोलाएर घण्टौं गफिदा यसलाई राजनीतिक वृत्तमा भने अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । राष्ट्रपति भण्डारीले भेटघाट यस अगाडी पनि गृहमन्त्री रहेका रामबहादुर थापा (बादल) र उपाध्यक्ष वामदेव गौतमलाई पनि लगातार अघिल्लो र भोलिपल्ट बोलाएर छलफल गरेकी थिइन् ।

ओलीको एउटा जर्बजस्त पिल्लरका रुपमा भण्डारीले यस अगाडी ओली गुटको पछिकै कमाण्ड सम्हाल्दै आएकी थिइन् । अहिले पनि ओलीलाई सहयोग पुर्याउने उद्येश्यले उनले कहिले सांसदहरुलाई बोलाएर ओलीलाई साथ दिन आग्रह गर्ने गर्छिन, त कहिले कुन नेतालाई बोलाएर । उनले राजनीतिक नियुक्ति लगायतका विषयमा पनि सिधा सिधा चासो र हस्तक्षेपकारी नीति लिने गरेको आरोप पनि लाग्दै आएको छ ।

उनी सम्वैधानिक दायरामा बस्नुपर्ने संविधानको ब्यवस्था भएपनि सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा आफैं फ्रन्टलाइनमा उत्रेर प्रधानमन्त्री ओलीको सत्ता संकट टार्नका लागि खुलेआम नै लागि परेकी छिन् । नेताहरु पनि राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपतिलाई राजनीतिमा तान्ने प्रयास गरिरहेका छन् । नेकपाका पार्टी बैठक, पार्टीभित्रको विवाद लगायतका सन्र्दभमा उनले कहिले नेताहरुलाई हुलका हुल नै बोलाएर डिनर मिटिङ गर्छिन, कहिले एक्ला एक्लै बोलाएर छलफल गर्ने गर्छिन् । अहिले पनि उनको यो उपक्रम जारी नै छ ।  

प्रतिपक्ष काँग्रेस लगायतका पार्टी नेताहरुले भने ओलीको सत्ता संकटका लागि राष्ट्रपतिले देखाईरहेको चासोले राष्ट्रपति सम्वैधानिक दायराभित्र बस्न नसकेको आरोप लगाईरहेका छन् । हुन पनि घटनाक्रम र उनले भेट्ने अर्थपूर्ण भेटले त्यही कुराको पुष्टि गरिराख्छ । भण्डारी राष्ट्रपति अगाडी तत्कालिन एमालेको उपाध्यक्ष थिइन् । अहिलेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली एमालेको अध्यक्ष निर्वाचित हुदा ओलीकै समुहबाट भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

ओलीको एउटा जर्बजस्त पिल्लरका रुपमा भण्डारीले यस अगाडी ओली गुटको कमाण्ड सम्हाल्दै आएकी थिइन् । अहिले पनि ओलीलाई सहयोग पुर्याउने उद्येश्यले उनले कहिले सांसदहरुलाई बोलाएर ओलीलाई साथ दिन आग्रह गर्ने गर्छिन, त कहिले कुन नेतालाई बोलाएर । उनले राजनीतिक नियुक्ति लगायतका विषयमा पनि सिधा सिधा चासो र हस्तक्षेपकारी नीति लिने गरेको आरोप पनि लाग्दै आएको छ । राष्ट्रपतिको यो सन्देशपूर्ण सक्रियताले उनलाई थप विवादित बनाउने काम गरिरहेको नेकपावृतमा नै अहिले चर्चा छ ।
 

प्रतिक्रिया दिनुहोस