पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १५ : ५२
पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ । 

सञ्चारकर्मीहरुलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो । 

बालुवाटारमा प्रवेश नदिइएपछि सञ्चारकर्मीहरुले विरोध गरेका छन् । आफूहरुलाई बालुवाटारले अपमान गरेको भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटरको सचिवालय टीम प्रेसमैत्री नरहेको आरोप लाग्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस