बिराटनगर । सुनसरीको दुहबीमा एक युवकको शव झाडीमा फेला परेको छ । पाँच दिनदेखि बेपत्ता रहेका दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव सोमबार बिहान करिब ५ बजे फेला परेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ ।
कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । तर पाँच दिनपछि शव फेला परेको हो । मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।
शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।
घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०७७, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव