काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना हुनुभएको थियो ।
अध्यक्ष दाहाल आज साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् । अध्यक्ष दाहालले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ मंसिर २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?