काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना हुनुभएको थियो ।
अध्यक्ष दाहाल आज साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् । अध्यक्ष दाहालले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ मंसिर २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड