काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठूलो कुनै पनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठूलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठूलो कोही पनि हुन नसक्ने बताएका हुन् ।
‘पार्टी भन्दा ठूलो को हो ? आफूलाई आफैले ठूलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सवैले पार्टीको निर्णय मान्नुपर्छ’, नेता नेपालले अध्यक्ष ओलीप्रति लक्षित गर्दै बैठकमा भने, ‘विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्छ यसमा कसैले हुदैन भन्न मिल्दैन ।’
त्यसैगरी उपाध्यक्ष बामदेव गौतमले पार्टीमा बैठक बोलाउन ५ जना नेताहरुले बैठकको माग गर्दा पनि तोक आदेश गरिएको भन्दै एक जना सचिवालय सदस्यले बैठकको माग गरेपनि बस्नुपर्ने बताएका थिए । ‘सचिवालय सदस्यले बैठक माग गर्दा बैठक बस्नुपर्छ । तर ५ जनाले बैठक माग गर्दा पनि बैठक बस्दैन भन्ने ? अव सवै बैठकबाटै निर्णय गर्नुपर्छ’, गौतमको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने ।
उनले सहमति गरेर बैठक बस्ने भन्ने ओलीको भनाइप्रति संकेत गर्दै ‘सहमति गरेरर पनि बैठक हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । ‘बैठक बसेर र छलफल गरेर मात्रै सहमति खोज्ने हो ? सचिवालय सदस्यले बोलाएपनि, कुनै एक अध्यक्ष जसले बोलाएपनि बैठक बस्नुपर्छ’, गौतमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार