बैठकमा माधव नेपालले पार्टीभन्दा ठूलो कोही छैन भन्दा वामदेवले भने–  एक जनाले भनेपनि बैठक राख्नुपर्छ

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १८ : १८
बैठकमा माधव नेपालले पार्टीभन्दा ठूलो कोही छैन भन्दा वामदेवले भने–  एक जनाले भनेपनि बैठक राख्नुपर्छ

काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठूलो  कुनै पनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठूलो  नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठूलो  कोही पनि हुन नसक्ने बताएका हुन् । 

‘पार्टी भन्दा ठूलो को हो ? आफूलाई आफैले ठूलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सवैले पार्टीको निर्णय मान्नुपर्छ’, नेता नेपालले अध्यक्ष ओलीप्रति लक्षित गर्दै बैठकमा भने, ‘विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्छ यसमा कसैले हुदैन भन्न मिल्दैन ।’

त्यसैगरी उपाध्यक्ष बामदेव गौतमले पार्टीमा बैठक बोलाउन ५ जना नेताहरुले बैठकको माग गर्दा पनि तोक आदेश गरिएको भन्दै  एक जना सचिवालय सदस्यले बैठकको माग गरेपनि बस्नुपर्ने बताएका थिए । ‘सचिवालय सदस्यले बैठक माग गर्दा बैठक बस्नुपर्छ । तर ५ जनाले बैठक माग गर्दा पनि बैठक बस्दैन भन्ने ? अव सवै बैठकबाटै निर्णय गर्नुपर्छ’, गौतमको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने ।

उनले सहमति गरेर बैठक बस्ने भन्ने ओलीको भनाइप्रति संकेत गर्दै ‘सहमति गरेरर पनि बैठक हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । ‘बैठक बसेर र छलफल गरेर मात्रै सहमति खोज्ने हो ? सचिवालय सदस्यले बोलाएपनि, कुनै एक अध्यक्ष जसले बोलाएपनि बैठक बस्नुपर्छ’, गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस