प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १५ : ३५
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । 

प्रस्तावमा ओलीले आफ्नो प्रस्ताव सचिवालय बैठकमा प्रचण्डसहितका सबै सदस्यहरुलाई खाममा राखेर वितरण गरेका थिए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन खाममा राखेर दिइएको र त्यो अध्ययन गर्न बाँकी रहेको बताए । प्रचण्डले उठाएका सवालको जबाफ, सरकार र पार्टी सञ्चालनका साथै विविध विषय ओलीको प्रस्तावमा समेटिएको बताइएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको र सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने उनको भनाइ छ । 

आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ । उनीहरुले पार्टीभित्र विवाद देखिएपनि फुटिनहाल्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस