काठमाडौँ । नेपाल प्रहरीले मातातीर्थका सानोकाजी तामाङको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले विसं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा सङ्लग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना १७ दिन कैद फैसलापछि फरार रहेका विशाललाई बिहीबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
मकवानपुरको बासपानीमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न मृतककी श्रीमती पूर्णलक्ष्मी तामाङ भने हालसम्म पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ मंसिर २०७७, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार, आरोपी पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ