काठमाडौं । मूर्ति चोरी गरेको अभियोगमा दिक्षेन लामा पक्राउ परेकी छिन् । उनलाई मकवानपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती हुन् ।
मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए । उनी पदमपोखरी स्थित माइतीमा थिइन् ।
दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ