काठमाडौं । मूर्ति चोरी गरेको अभियोगमा दिक्षेन लामा पक्राउ परेकी छिन् । उनलाई मकवानपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती हुन् ।
मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए । उनी पदमपोखरी स्थित माइतीमा थिइन् ।
दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ