काठमाडौं । सत्तासिन दल नेकपामा चुलिएको अन्तरविरोध साम्य हुने सम्भावना देखिएको छैन् । प्रधानमन्त्री समेत रहेका केपी ओलीले पार्टी बैठकमा गरेको सम्बोधन रेकर्ड गरेर बाहिर सार्वजनिक सञ्चारमाध्यमलाई जस्ताको तस्तै उतारेर प्रकाशन गर्न लगाएपछि प्रचण्ड नेपाल समुहले पनि पार्टीभित्र ओली प्रवृत्ति उजागर गरेर प्रस्ताव किन ल्याउनु परयो भन्ने पार्टी पङक्तिमा सर्कुलर गर्न थालेको छ ।
यसका लागि उनीहरुले पनि गत कात्तिक २८ गतेको सचिवालय बैठक बोलाउन गर्नुपरेको महाभारत र त्यसबीचमा ओलीले नै पत्र लेखेर खोलेको फायरको जवाफका लागि बाध्यात्मक अवस्थामा ओली प्रवृतिको उजागर गरेर प्रस्ताव ल्याउनु परेको कार्यकर्ता पङक्तिमा बुझाउनका लागि दुई अध्यक्षका बीचमा भएको पत्र युद्ददेखि अध्यक्ष प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्ताव सम्मलाई समेटेर तल्लो कमिटिमा सबै पत्र र प्रस्तावहरु अध्ययनका लागि सर्कुलर गरिएको छ ।
बाहिरी सञ्चारमाध्यममा प्रकाशन भईसकेका सामग्रीहरु अध्ययनका लागि तल्ला कमिटिबाट फोटोकपीका रुपमा माग बढेपछि प्रचण्ड र नेपाल समुहले फोटोकपी गर्नुभन्दा छापेरै पठाईदिने गरी सबै सामग्रीहरु अध्ययनका लागि तल्लो कमिटिमा पठाएका हुन् ।
प्रचण्ड नेपाल समुहले तल्ला कमिटिमा पठाएको यस्तो छ बुकलेट :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड