काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन ।
प्रधानमन्त्री ओलीले मंसिर २ को सचिवालय बैठकमा दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने घोषणा गरेका छन् । त्यसैले मंसिर १३ को सचिवालय बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् भन्नेमा नेकपाका नेता र कार्यकर्ताको ध्यान मोडिएको छ । त्यही बिन्दु नेकपा सग्लो रहने कि विभाजनतर्फ जाने भन्नेमा निर्णायक हुने देखिएको छ ।
पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरूका अनुसार विगतमा भन्दा यसपटक आन्तरिक विवादको प्रकृति फरक छ । त्यसैले यसपटक विगतमा जस्तो नेताहरू मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि अँगालो मारेर हिँडिहाल्छन् भन्ने स्थिति छैन ।
यसअघिका अन्तरसंघर्षमा ओली–दाहालबीच मौखिक आरोप–प्रत्यारोप हुँदै आएको थियो तर यसपटक लिखित दस्ताबेजका रूपमा आरोप आएको छ । त्यसको प्रत्यारोप गर्न ओलीले लिखित दस्ताबेज तयार गर्दै छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ मंसिर २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन