काठमाडौं । नेकपामा आन्तरिक विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाबीच शनिबार भएको भेटघाटलाई लिएर राजनीतिक बजारमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।
प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्नु नौलो नभए पनि सत्तारूढ दलभित्र विवाद चुलिएका बेला भेट भएको हो । ओली र देउवा पक्षका नेताहरूले भेटबारे स्पष्ट खुलाएका छैनन् । भेटमा नेकपा नेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक पनि सहभागी दिए । उनीहरूले नियमित रूपमा हुने भेटकै निरन्तरता भनेका छन् ।
नेकपा वृत्तमा ओलीले पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न कुरा गरेको आशंका गरिएको छ । कांग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले हिस्सा लिन खोजेको आशंका गरिएको छ । यसअघि पनि देउवाले संकटमा ओलीलाई ढाडस दिएर आफ्नो दुनो सोझ्याउन गरेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ मंसिर २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली