काठमाडौं । नेकपामा आन्तरिक विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाबीच शनिबार भएको भेटघाटलाई लिएर राजनीतिक बजारमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।
प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्नु नौलो नभए पनि सत्तारूढ दलभित्र विवाद चुलिएका बेला भेट भएको हो । ओली र देउवा पक्षका नेताहरूले भेटबारे स्पष्ट खुलाएका छैनन् । भेटमा नेकपा नेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक पनि सहभागी दिए । उनीहरूले नियमित रूपमा हुने भेटकै निरन्तरता भनेका छन् ।
नेकपा वृत्तमा ओलीले पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न कुरा गरेको आशंका गरिएको छ । कांग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले हिस्सा लिन खोजेको आशंका गरिएको छ । यसअघि पनि देउवाले संकटमा ओलीलाई ढाडस दिएर आफ्नो दुनो सोझ्याउन गरेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ मंसिर २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा