काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गरेका छन् ।
सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।’
त्यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ।
निर्णय पुनर्विचार गरियोस् । द्वन्द्व निम्त्याउने काम नहोस् । काठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन् । उहाँको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नायकका ठाउँमा पार्क बनाऔं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बालेः भीम रावल
सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा : प्रभु साह
‘नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्’
संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको सिठी जुलुस
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलन घोषणा
नेकपाको नाम नलिन ओलीलाई नेपालको चेतावनी