काठमाडौं । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उहाँले भन्नुभयो, “जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।”
प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ । स–साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएकाले अबको निसाना प्रहरीको त्यसतर्फ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ मंसिर २०७७, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ