पैसा भनेपछि मरिहत्ते गर्ने पोखरेलको यस्तो छ नयाँ जालझेल

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १६ : ३६
पैसा भनेपछि मरिहत्ते गर्ने पोखरेलको यस्तो छ नयाँ जालझेल

file photo

काठमाडौं । राजनीतिक रुपमा कुनै हैसियत नभएका ईश्वर पोखरेल विगतदेखि नै भ्रष्टाचारमा जोडिएका व्यक्ति हुन् । शाहीकालमा आपूर्तिमन्त्री रहेका उनको घरको पानी ट्यांकीबाट पैसाको बोरा नै बरामद गरिएको थियो । पछिल्ला दिनमा रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय सारिएपछि उनको ध्यान नै सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान विभागले कारवाहीका लागि तयार पारेको फाइल मगाएर त्यसका दोषी किटान गरिएकासँग पैसा उठाउनु रहेको छ । 

पछिल्लो पटक पोखरेलले मारवाडी समुदायका व्यापारीसँग मोटै रकम उठाएको बताइन्छ । सो कार्यका लागि उनले रुकुम घर भएका एक पूर्वसञ्चारकर्मी मात्रै परिचालन गरेको उनको सचिवालयमा नै रहेका गोरखा घर भएका एक विद्यार्थी नेताले जानकारी दिए । यस्तै, उनको साथमा रहेका युवा संघका नेता बताउने प्रभात विक्रम कटुवाललाई समेत उठती धन्दामा पोखरेलले परिचालन गरेका छन् । सो बारेमा बुझन् पटक पटक हामीले गरेको फोन सम्पर्कलाई पोखरेलले बेवास्था गर्दै आएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको घेराबन्दीमा परेपछि व्यापारीसँग उठाएको पैसा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै राखेर पोखरेल नेकपाका सांसद किन्न लागिपरेका छन् । बुधबारको सचिवालय बैठकमा आफ्नो हैसियत बिर्सेर उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई तथानाम गर्ने प्रयास गरेका थिए । हैसियत भन्दा तल गिरेपछि नेकपाका सचिवालय सदस्यले पनि सिंहदरबारमा कुन कुन व्यापारीसँग ईश्वरको राम्रै उठबस रहेको सूचना आफूहरुसँग पनि रहेको बताएपछि उनी केही हच्किएका थिए । नेकपा भित्र सहज अवस्था बनेको खण्डमा पोखरेललाई कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ । 

नेकपालाई बदनाम गर्न उल्लेख्य भूमिका खेलेका पोखरेलाई जसरी पनि हटाउनुपर्ने मत पछिल्लो दिनमा बलियो बन्दै गएको छ ।  त्यसा त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सुक्ष्म रुपमा पोखरेलको बारेमा अनुसनधान गरिरहेको जनाएको छ । पोखरेललाई भेटन जाने व्यापारीको सूची राष्ट्रिय अनुसन्धान विभागबाट लिएर उनको अनुसन्धान थालिएको अख्तियारको भनाइ छ । जुनसुकै दिन पनि बहलवाला उपप्रधानमन्त्रीलाई अख्तियारले पक्राउ गरेको समाचार आउन सक्ने अख्तियारका एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस