काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यस्तै क्यानको २०७०।७१ देखि २०७५। ७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६। ७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।
आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ । पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ मंसिर २०७७, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न
दुई टी-२०सिरिजका लागि नेपाली टोलीको घोषणा
क्यानले नेपाल ‘ए’ क्रिकेट टोलीको प्रशिक्षणमा बोलायो ४० खेलाडी, कमलको पुनरागमन
सन्दीपबारे क्यानले पुस २५ को फैसलापछि निर्णय लिने
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक
अस्ट्रेलियन राजदूतको उपस्थितिमा क्यान र एनएभीबिच सहकार्य सम्झौता