काठमाडौं । प्रहरीले २५ वर्ष पुराना अपराधका घटनाको समेत अनुसन्धान सुरु गरेको छ । एकपछि अर्को घटनाका अभियुक्त पक्राउ पर्ने क्रमसँगै प्रहरीले यसमा चासो देखाएको छ ।
डेढ दशकअघि २०६३ साल पुस २० गते सीतापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको धारिलो हतियार प्रहारबाट बीभत्स हत्या भयो भने जेठो छोरा विलभ घाइते भए ।
उक्त घटनामा सोही सःमिलका कामदार सर्लाही पिपरियाका जेके भन्ने जयकिशोर साह र दाङका प्रताप रानाको संलग्नता रहेको पहिचान खुले पनि प्रहरीले तत्काल पक्राउ पर्न सकेन । झन्डै १५ वर्ष पुरानो यो हत्या घटनाका मुख्य अभियुक्त साह गत असारमा नेपाल–भारत सीमा नाकाबाट पक्राउ परे ।
यस्तै २०५४ साल कात्तिक १६ गते जयवागेश्वरीमा काभ्रे पनौतीका १८ वर्षीय श्याम खड्काको कुटपिट तथा इँटा प्रहार गरी हत्या भएको थियो । सो हत्या घटनाका अभियुक्त रामेछाप खाँडादेवीका ध्रुव भन्ने मानकाजी श्रेष्ठ हत्या घटनाको २३ वर्षसम्म फरार थिए । आफ्नै सहकर्मी खड्काको हत्यापछि हुलिया परिवर्तन गरी बसेका श्रेष्ठको पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले २०७४ सालमा पक्राउ वारेन्टसमेत जारी गरेको थियो ।
नाम तथा हुलिया लुकाउँदै आए पनि अभियुक्त श्रेष्ठ यही कात्तिकको १९ गते ललितपुरको थसीखेलबाट पक्राउ परे । यी केही उदाहरण मात्रै हुन् । प्रहरीले यस्ता पुराना घटनामा समेत चासो राखेको छ र अनुसन्धान जारी राखेको पाइएको छ ।
पुराना जघन्य अपराधका यी तीन घटनाको विषयमा देख्ने, सुन्ने मात्र नभई पीडित परिवारले समेत बिर्सिसकेको अवस्था थियो तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई यस्ता घटनाको अनुसन्धानमा सफलता मिलेको पाइएको छ । प्रहरीको रेकर्डमा रहेका तर कतिपयले बिर्सिसकेका जघन्य अपराधका साथै ठगी, मानव बेचबिखन, वन्यजन्तु, बैङ्किङ कसुर सम्बन्धी घटनाको खोज तथा अनुसन्धान गर्दा अभियुक्त भटाभट पक्राउ पर्न थालेका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ मंसिर २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हनि ट्रायाप प्रयोग गरी लुटपाट गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमा आतंक फैलाउने नन्द प्रसाद भट्ट पक्राउ
बलात्कार आरोपमा खैरहनीका इन्स्पेक्टर प्रकाउ
खगेन्द्र सुनारको विवादबारे रास्वपाको स्पष्टीकरण: 'विगतको अभिव्यक्तिप्रति क्षमायाचना, पार्टीद्वारा सचेत'
चितवनमा वृद्धा हत्या तथा लुटपाट प्रकरणः पाँच जना पक्राउ
क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ