काठमाडौं । सत्तारूढ नेकपाभित्र विवाद चलिरहँदा फेरि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले मंगलबार बेलुकी बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् ।
नेकपाभित्र द्वन्द्व चर्कंदा उत्तरी छिमेकी राजदूत होउले ओलीसँग लगातार तेस्रोपटक भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री कार्यालयले ओली र होउबीचको भेटबारे केही खुलाएको छैन तर चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले राजदूत होउले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि पारे ।
भेटवार्तामा मिडियामा आएको जस्तो कुनै पनि कुरा नभएको दाबी उनले गरे । ‘राजदूत होउ र प्रधानमन्त्री ओलीबीच तिहारको शुभकामना आदान–प्रदान र कोभिड–१९ नियन्त्रणका लागि भइरहेको कामबारे छलफल भएको थियो,’ उनले भने । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच द्वन्द्व चर्किएका बेला होउसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि पनि पार्टीमा आन्तरिक द्वन्द्व चर्कंदा होउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपाका शीर्ष नेताहरूलाई भेटेर सहजीकरण गरेकी थिइन् । त्यतिबेला ‘चिनियाँ सहजीकरण’ ले नेकपाको फुट रोकियो भनेर टिप्पणी गरिएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ मंसिर २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा