काठमाडौं । सत्तारूढ नेकपाभित्र विवाद चलिरहँदा फेरि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले मंगलबार बेलुकी बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् ।
नेकपाभित्र द्वन्द्व चर्कंदा उत्तरी छिमेकी राजदूत होउले ओलीसँग लगातार तेस्रोपटक भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री कार्यालयले ओली र होउबीचको भेटबारे केही खुलाएको छैन तर चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले राजदूत होउले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि पारे ।
भेटवार्तामा मिडियामा आएको जस्तो कुनै पनि कुरा नभएको दाबी उनले गरे । ‘राजदूत होउ र प्रधानमन्त्री ओलीबीच तिहारको शुभकामना आदान–प्रदान र कोभिड–१९ नियन्त्रणका लागि भइरहेको कामबारे छलफल भएको थियो,’ उनले भने । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच द्वन्द्व चर्किएका बेला होउसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि पनि पार्टीमा आन्तरिक द्वन्द्व चर्कंदा होउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपाका शीर्ष नेताहरूलाई भेटेर सहजीकरण गरेकी थिइन् । त्यतिबेला ‘चिनियाँ सहजीकरण’ ले नेकपाको फुट रोकियो भनेर टिप्पणी गरिएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ मंसिर २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ