नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, ०८ : ३२
नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज

काठमाडौँ । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समायानुसार खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २(० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदलासमेत लिन चाहन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।  बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवातीमा रहँदै मैदान उत्रने सम्भावना रहेको छ ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।