मस्जिद पुनर्निर्माणमा अवरोध : मुस्लिम समुदाय आक्रोशित

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १८ : २९
मस्जिद पुनर्निर्माणमा अवरोध : मुस्लिम समुदाय आक्रोशित

काठमाठौँ । गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । 

शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । पुर्ननिर्माण भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए ।

भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाइ छ । स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवरोध गरिरहेको आरोप लगाए । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उनले आरोप लगाए । 

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस