इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी

शनिबार, २४ माघ २०८२, १४ : ३१
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

इस्लामावाद (पाकिस्तान)। इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस)ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।

 अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भीर अवस्थामा उपचार भइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् ।

देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरी गरेको विस्फोटमा ठूलो मानविय क्षति भएको बताएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस