काठमाडौं । सुडानको डार्फर क्षेत्रमा एक मस्जिदमा भएको ड्रोन हमलामा ७० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
शुक्रबार अल–फाशर सहरमा भएको यस आक्रमणको लागि अर्धसैनिक संगठन रैपिड सपोर्ट फोर्सेज (आरएसएफ)लाई जिम्मेवार ठानिएको छ । तर, यो समूहले यसको जिम्मेवारी अहिलेसम्म नलिएको बीबीसीले जनाएको छ ।
आरएसएफ र सेनाबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अर्धसैनिक बलले अहिले जमिनमा नियन्त्रण जमाउँदै पूरै अल–फाशरलाई कब्जा गर्ने प्रयास गरिरहेको छ । यो सहर डार्फरमा सेनाको अन्तिम किल्ला हो । यहाँ तीन लाखभन्दा बढी सर्वसाधारण फसेका छन् ।
एक स्थानीय बासिन्दाले बीबीसीलाई बताएअनुसार ड्रोनले बिहानको प्रार्थनाको समयमा हमला गरेको थियो, जसमा दर्जनौँ मानिसहरूको घटनास्थलमै मृत्यु भएको भएको थियो । चिकित्सा स्रोतका अनुसार २० जना घाइते भएका छन् । तर, भवनको भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी छ ।
बीबीसी भेरिफाईले एउटा भिडियोको पुष्टि गर्दै जसमा मस्जिदनजिकै कफन र कपडामा बेरिएका करिब ३० शवहरू देखिएको बताइएको छ । यो मस्जिद सहरको पश्चिमी भागमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, ०८ : ५५
लेखकबाट थप