काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
प्रमुख सचेतक बनाएका सिता नेपालीले शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा १९ जना सांसद उभिएको बैठकमा सहभागी नेकपा प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार अविश्वासको प्रस्तावको विपक्षमा अर्थात शाहीको समर्थनमा पूर्वमाओवादीका ११ जना र पूर्वएमालेका ८ जना सांसद उभिएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षका ११ जना भने बैठकमा अनुपस्थित रहेका थिए । मतदान अघि अविश्वासको प्रस्तावमाथि छलफल गरिएको र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
गत असोज २५ गते प्रदेश सभा सदस्य तथा नेकपाका नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०७७, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय