काठमाडौँ । सत्तारूढ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेको विषयलाई लिएर आपत्तिजनक भएको बताएका छन्।
बिहीबार दिउँसो ट्वीट गर्दै रावलले उक्त भेट कूटनीतिक मर्यादाको विपरीत भएको भनी टिप्पणी गरेका छन् । ‘‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ,’ रावलले ट्वीटमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०७७, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने