काठमाडौं । केपी ओली मन्त्रिपरिषद्मा बुधबार कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ दुई नयाँ अनुहार थपिएका छन् । कृष्णगोपाल काठमाडौं–९ बाट निर्वाचित र ओलीका सधैंका बफादार हुन् । ओली अध्यक्ष भएपछि उनले तत्कालीन एमालेको कार्यालय सचिवका रूपमा काम गरे ।
उनी यसअघि एक पटक स्थानीय विकास राज्यमन्त्री भएका थिए । मन्त्रीका रूपमा भने पहिलो पटक भित्रिएका हुन् । त्यस्तै महिला बालबालिकामन्त्री लीलानाथ श्रेष्ठ सिरहा–३ बाट निर्वाचित सांसद हुन् । २०७० सालको संविधानसभा चुनावमा उनले पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनी निकै कम मतान्तरले पराजित भएका थिए ।
सञ्चारमा ल्याइएका गुरुङचाहिँ गत फागुनमा महिला मन्त्रालयमा इन्ट्री भएका हुन् । उनी पनि ओलीका विश्वासपात्र हुन् । त्यसैले सरकारको प्रवक्तालगायतको जिम्मेवारी सम्हाल्ने ठाउँमा गुरुङलाई जिम्मेवारी दिएका हुन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ असोज २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी
पूर्वराजादेखि बहालवाला मन्त्रीसम्मलाई जोगाएर ‘सम्पत्ति छानबिन’ !
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?