काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।
मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् । उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव तुहिएको हो ।
सुर्खेतमा रहेका आचार्यले भने, साथीहरुसँग छलफल भयो । हस्ताक्षर गरेका साथीहरु बैठकमा जानुभएन । त्यति भएपछि कोरम पुगेन । अब अरु बाँकी प्रकृया अघि बढ्छ, आचार्यले भने ।
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको छ । त्यसक्रममा माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको छ ।
संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ असोज २०७७, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय